घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराको बाम्का बजारमा भीषण आगलागी

उमेश रोकाया
२०८२ जेष्ठ २३ | मध्यान्ह ०५:०२ बजे

बाजुरा , जेठ २३ । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। आगलागिको कारण हालसम्म खुलेको छैन।
स्थानीय स्रोतका अनुसार आगलागीले बजार क्षेत्रका दर्जनभन्दा बढी पसलमा क्षति पुर्याएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि लाखौंको क्षति भएको अनुमान गरिएको छ।
दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जनाइएको छ।
प्रहरी र स्थानीय प्रशासन घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। आगलागीको वास्तविक कारण र क्षतिको परिमाणबारे विस्तृत विवरण आउन बाँकी छ।
स्थानीयले सुरक्षित रहन र आगोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।























