मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कवाडी-बिच्छ्या-रानिसैन सडक निर्माणका लागि ३ करोड बजेट विनियोजन


बाजुरा २३ जेठ । सरकारले बाजुरा जिल्ला हिमाली गाउँपालिकाको कवाडी बिच्छ्या रानिसैन सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।
हिमाली गाउँपालिका – ५ कवाडी, वडा नम्बर १ बिच्छ्या र वडा नम्बर ३ को रहेको रानिसैन सडक निर्माणका लागि ३ करोड बजेट विनियोजन भएको हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग मार्फत निर्माण हुने गरी उक्त सडक निर्माणका लागि आवश्यक ३ लाख बजेट विनियोजन गरिएको हो । सडक निर्माणमा लागि आर्थिक वर्षका २०८२/०८३ मार्फत ३ करोड बजेट विनियोजन गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको प्राथमिकतामा हिमाली गाउँपालिका रहेकोे कवाडी, बिच्छया हुँदा रानिसैन सम्म सडक निर्माण लागि आवश्यक बजेट विनियोजन भएको बताईएको छ ।
बाजुरा जिल्लाकै एक पर्यटकीय ठाउँ रानिसैनमा पछिल्लो समय आन्तरिक तथा बाहिरका पर्यटन घुम्न आउने गर्ने गर्दछन् । अपि हिमालको बेस क्याम मानिने रानिसैनमा विभिन्न दृश्य अवलोकन र मनोरञ्जन गर्न आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।
बाजुरा जिल्लाकै दुर्गम बिच्छ्या बासीलाई सडक पहुँचमा ल्याउन सडक निर्माणका लागि सरकारले आवश्यक वजेट विनियोजन गरेपछि हिमाली गाउँपालिका धेरै स्थानीयहरु खसी भएका छन् ।























