खेलकुद

नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरी

नवलपुर टुडे
२०८२ जेष्ठ २२ | मध्यान्ह ०८:०२ बजे

काठमाडौं । नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ। हङ्कङको राष्ट्रिय रङ्गशालामा बिहिबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो। नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए। एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङ्कङले आज मैत्रीपूर्ण खेल खेलेका हुन्।

कमेन्टहरु