बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा ताला


बुटवल । दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरूलाई अनुगमन टोलीले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरूमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरू दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।
अस्पताललाईमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्स प्रयोगशाला, वरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिकलाई बन्द गराएको हो । अधिकांश मेडिकलहरूले क्लिनिकहरू सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको रानाले बताए ।
वरदान क्लिनिक यहाँ लामो समयदेखि निसन्तानको उपचार रहेको थियो ।अन्य मेडिकल तथा क्लिनिहरु पनि पुराना भएपछि दर्ता विना चलेको भेटिएको हो । अनुगमन स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, प्रहरीको रोहबरमा गरिएको थियो। बन्द गरिएका सबै क्लिनिक सञ्चालकहरूलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने र अन्य दर्ता विना पनि उपचार गरेको हक अन्य कुन कानुन आकर्षित हुन्छ सोही अनुसार अगाडि बढ्ने सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताए ।























