देश

नेपाल सुन्दर देश हो, तर विजय शाही जस्तो मुर्ख बनाउने व्यक्ति हुनुपरेन : मेमोरि किँग नेल्सन डेलिस

जगत ठाडा मगर
२०७८ साउन १० | बिहान ०८:०४ बजे

काठमाडौ । मेमोरि किँग भनेर चिनिने युएसएका प्रख्यात लेखक एवम् युटुबर नेल्सन डेलिसले विजय शाहीलाई मुर्ख बनाउने व्यक्ति भनेका छन् । आफूलाई मेमोरि किँग भनेर स्वघोषित मेमोरि किँग विजयी शाहीले आफूसँग कालीमाताको शक्ति रहेको भन्दै प्रख्यात लेखक नेल्सनलाई बोलाएर भिडियो बनाउन लगाएका थिए ।

युटुबमा नेल्सनले शाहीसँग लिएको स्मरण शक्तीको चेकजाँच भिडियोमै उनीसँग ठगी (स्क्याम) गरेको बताएका छन् । यसअघि नेल्सनलाई उनले आफू मेमोरि किँग हो भनेर परीक्षाको लागि बोलाएका थिए । तर, भिडियोमा विजय शाहीले नेल्सनलाई समेत मुर्ख बनाएको देखिन्छ । विजय शाहीले नेल्सनसँग स्कयाम गरेपछि नेपाली युटुबरहरुले नै उनले स्क्याम गरेको भनेर भिडियोहरु बनाएका थिए ।

शनिबार राती करिब ८ बजेको समयमा नेल्सन डेलिसले आफ्नो अधिकारिक युटुब च्यानलमा विजय शाही सम्बन्धी राखेको भिडियोमा आफू ठगीमा परेको बताएका छन् । सोही क्रममा उनले नेपाल एक सुन्दर देश रहेको र नेपालले यस्तो ठगी गर्ने व्यक्ति नपाउनु पर्ने बताएका छन् । विजय शाहीले नेपालीहरुलाई पनि मुर्ख बनाएको बताउँदै नेपाल यस्तो डिजर्भ नगरेको पनि बताएका छन् ।

आफूलाई पनि ठगेको भन्दै रिसाउँदै नेल्सनले अब विजय शाही उपर कुनै चर्चा नगर्ने तथा कुनै पनि भिडियो नबनाउने पनि घोषणा गरेका छन् । विजय शाहीको कर्तुतले नेपाल र नेपालीको शिर पनि झुकाएको छ ।

विजयी शाहीको यस्तो व्यवहारको कारण अन्तराष्ट्रिय स्तरमा देशको बारेमा गलत सन्देश प्रवाह पनि भएको छ । नेल्सनको विजय शाहीमाथिको भिडियोले देशको प्रतिष्ठामाथि पनि आँच आएको महसुस गरिएको छ । नेल्सनले भिडियोमा यस्तो भनेका छन ।

Nepal is a beautiful country and doesn’t, deserve to be made a fool of by this one guy anyways that’s it
भिडियो हेर्नुहोला ।

कमेन्टहरु