गण्डकी प्रदेश, मुख्य समाचार, समाचार
एआईजी बढुवा सिफारिस चर्चा, पत्रकारले खोज पत्रकारीता गर्न जानेन


काठमाडौ । सशस्त्र प्रहरी बलको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पद बढुवा सिफारिस यति खेर चर्चाको बिषय बनेको छ । बढुवा समितिले गरेका निर्णयलाई लिएर यति बेला पत्रकारिता पेशाको ध्वज्जी उडाउदै खोज पत्रकारीताको ध्यान केन्द्रित बनाएको छ ।
एसएसपीबाट डिआईजीमा बढुवा हुदा जस्तै किर्ते गरेर एआईजी बढुवा सिफारिसमा पर्न सफल नभएपछि केही पत्रकारलाई आफ्नो प्रयोगमा लिइ समाचार बाजी गर्दा बिगतको किर्तेलाई पनि ख्याल गर्नु पर्ने हो । तर एआईजी बढुवा सिफारिसमा नपरेको झोकमा सिंगो संगठन प्रति आक्षेप लाग्ने गरि संगठन भित्र सरकारको बढुवा समितिले गरेको निर्णय विरुद्ध अफवाह फैलाउने कार्य निन्दनीय हो ।
त्यस्तै पत्रकारिता गर्दा बिगत र बर्तमानको अध्ययन गरेर मात्र यतार्थ बाहिर ल्याउनु नै उचित हुन्छ । तर यहाँ त बर्तमान निर्णयलाई हेरेर कसैले भनेका आधारमा समाज र संगठन भित्र धुर्विकरण हुने गरी समाचार बाजी गरेको प्रष्ट देखिन्छ ।
खोज पत्रकारिता गर्ने नै हो भने बिगत र बर्तमानलाई केलाएर यतार्थ प्रचारबाजी गरि संगठनलाई सहि ट्य्र्याकमा ल्याउने पनि सकिन्छ । बर्तमानमा भएका निर्णयलाई खोतल्नुको सत्ता बिगतका निर्णयलाई खोजतलास गरेर सत्यतथ्य छर्लङ पारे सबैको मगज खुल्ने थिए । बर्तमानलाई मात्र चिच्याउनु राम्रो र शोभनिय हुदैन । यसले सिंगो संगठन र समाजमा पनि भ्रम सृजना हुन्छ ।
सशस्त्र प्रहरी बलको प्रथम महानिरीक्षक स्व कृष्ण मोहन श्रेष्ठ एआईजीमा ३ नंम्बरमा हुनुहुन्थ्यो । प्रदिप सम्शेर जवरा १ नम्बर, रामकाजी वान्तावा २ नम्बरमा र कृष्ण मोहन ३ नम्बरमा थियो । तर, प्रदीप सम्शेर नेपाल प्रहरीको आईजिपि बन्नु भयो र रामकाजी वान्तावाले संगठन स्थापनाको प्रारुप कोर्न लागि पर्नु भयो । तर पछि बरीयता क्रममा ३ नम्बरमा हुने कृष्ण मोहन श्रेष्ठलाई सरकारले सशस्त्रका आईजिपी नियुक्ति गरिदियो । यी कार्य क्षमताको कुरा थियो । राज्यले कार्य क्षमताको मुल्यांकन गरेर नै उचित निर्णय लिन्छ ।
यतार्थ यहि बुझौं रबिराज थापा १ नम्बर एआईजी, बासुदेव वली २ नं. र रोहित थापा ३ नम्बर हुनुहुन्थ्यो । सरकारले नम्बर २ बरीयतामा रहेका बासुदेव वलीलाई आईजिपी नियुक्त गर्यो । त्यस्तै पछि कृष्ण कुमार तामाङ १९ महिना सिनियर डिआईजी १ नम्बरमा हुनुहुन्थ्यो । पछि अर्को लटमा दुर्ज कुमार राई लगायत १२ जना पदोन्नति हुनुभयो । त्यसमा दुर्ज राई २ नम्बर, प्रकाश ओझा ३ नम्वर हुदै रिषब देब भट्टराई १० र जीवन कुमार थापा १३ नम्बरमा हुनुहुन्थ्यो । पदोन्नति हुंदा १९ महिना अगाडिको कृष्ण कुमार तामाङ हुनुभएन बरु २ नम्बरको दुर्ज कुमार राई १० नम्बरको रिषब देव भट्टराई तथा १३ नंम्बरको जोन थापा पदोन्नति हुनु भएकै हो । बिगतका ईतिहासलाई यसरी खोतल्नु र सत्यतथ्य बाहिर ल्याउनु नै खोज पत्रकारिता हो ।
त्यस्तै गरी एसएसपीसम्म पुष्पराम केसी १ नं. नारायण बाबु थापा २ नं. निराकरम बिक्रम शाह ३ र शैलेन्द्र खनाल ४ नम्बरमा हुनुहुन्थ्यो । तर पछि शैलेन्द्र खनाल १ नम्बरमा पदोन्नति हुनुभयो र आईजिपीसमेत हुनुभयो । अहिले बरियता मिचियो भन्ने कुरा बकवास मात्र हो ।
Inspector आधारभुत तालिमममा सर्बोत्कृष्ठ हुने ब्यक्ति जुनियर हुने र अन्तिम हुने ब्यक्ति सिनियर हुदैन होला । त्यस्तै गणेश ठाडा मगर सर्बोत्कृष्ठ हुदा कमल गिरी सेकेण्ड लाष्ट थियो । एएसपीमा गणेश ठाडा मगर १ नम्बरमा हुँदा कमल गिरी ५ नम्बरमा थियो । झुठ र किर्ते गरेर ५ नम्बरको ब्यक्ति १ नम्बरमा आएको हो । पदोन्नतिको आधार त रोल नम्बर होइन जेष्ठता वा बरियता एकै दिनको समान अंक पाउने हो ।
कार्य सम्पादन, शैक्षिक योग्यता, तालिम, लगायत सबै कुरामा अग्र पंतिमा रहेको, २ पटक कमाण्ड गरेको बाहिनी सर्बोत्कृष्ठ बनाउदा ८ बाहिनी मध्य छैठौं र सातौ हुने ब्यक्ति सिनियर मानिदिनु पर्ने ? त्यो पनि झुट समाचार बाजी गरेर?
सरकार, राज्य र संगठनको तेजोबध गराउने झल्लुलाई नेतृत्वमा पुर्याई दिनु पर्ने कस्तो आग्रह हो ? कस्तो प्रचारप्रसार बाजी हो । सत्यतथ्य र यतार्थ बाहिर ल्याउनु खोज पत्रकारीता हो । बास्तबमा यहि यतार्थ र सत्यता हो ।























