राजनीति

भिजिट भिसा प्रकरण : छानबिन समिति बन्ने निश्चित भए विपक्षी दलहरू संसद्को अवरोध हटाउन तयार

नवलपुर टुडे
२०८२ जेष्ठ २० | मध्यान्ह ०२:०२ बजे

काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्ने निश्चित भए प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहितका दलहरू संसद्को अवरोध हटाउन तयार भएका छन्। संसदीय छानबिन समिति वा न्यायिक समिति बन्ने निश्चित भए आफूहरू संसद्को अवरोध हटाउन तयार रहेको माओवादी केन्द्रका सांसद राजन दाहालले बताए।

‘हामी संसद्को अवरोध खोल्न तयार छौँ। तर, सरकारको तर्फबाट संसदीय छानबिन समिति वा न्यायिक समिति बनाउने प्रतिबद्धता व्यक्त हुनुपर्‍यो,’ उनले भने। उनले उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखक कुनै न कुनै रूपमा दोषी देखिने शङ्का व्यक्त गरे।

‘पछिल्लोपटक डिआईजी सरुवा गर्ने दुष्प्रयास गर्नुभयो। उहाँ प्रमाणहरू नष्ट गर्नका लागि नियोजित रूपमा लाग्नुभएको छ। उहाँ जोडिनुभएको छ कि छैन, त्यो देखिन्छ छानबिनमा देखिएला,’ उनले भने।

कमेन्टहरु