देश

नवलपरासीमा पहिलो पटक तेक्वान्दो ब्ल्याक बेल्ट प्रमाण पत्र प्रदान

जगत ठाडा मगर
२०७८ साउन १० | बिहान ०७:०४ बजे

कृष्णा गिरी
बर्दघाट । जिल्लाको बर्दघाट नगरपालिका १३ भटौलियामा रहेको कभर्ड हलमा शनिवार विहान १० बजे राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्य समिति नवलपरासीमा पहिलो पटक तेक्वान्दो ब्ल्याक बेल्ट तथा प्रमाण पत्र प्रदान सम्पन्न भएको छ । अध्यक्ष श्री गोपाल सिंह आले ज्यूको विशेष अगुवाइमा कार्यक्रम सम्पन्न भएको हो ।

जसमा ava international taekwondo academy बाट प्रेम बहादुर राजभर, शोहेल अंसारी , सैयद मिया , विमला कुमारी थारु र धर्मवीर हरिजनले अन्तर्रष्ट्रिय प्रशिक्षक श्री अजय कुमार ज्यु को प्रशिक्षण तथा टेस्टमा भाग लिई बेल्ट तथा प्रमाण पत्र पाउन सफल भएका थिए । उक्त कार्यक्रमका प्रमुख अथिती बर्दघाटनगर पालिका का नगर प्रमुख श्री धिरज शर्मा बस्याल ज्यू हुनुहुन्थ्यो उहाँले खेलाडीहरुको बीमा गराउने र खेलाडीहरुलाई चाहिने आवश्यक सुविधा जस्तै protection guards, rubber Matt हरु छिटै पठाउने र खेलाडीहरुलाई अघि बढाउन सक्दो सहयोग गर्ने निर्णय गर्नुभयो।

त्यस्तै बर्दघाट नगरपालिका १३ को वडा सदस्य श्री आशा भेजार ज्यू, नेपाल रेड क्रस सोसाइटी बुद्धमङगल उपशाखा का सभापति श्री सुरज के सि ज्यू तथा सचीव श्री प्रदिप थारु ज्यू , सिद्दार्थ इङलिस स्कुल सरावल गोबरहिया का सन्स्थापक प्रिन्सिपल श्री सुखाडी चौधरी ज्यू , जहदा सामुदायिक पुस्तकालय समिति सदस्य श्री मुरली कृष्ण खनाल ज्यू, समाज्सेवी झक्कर थारु तथा अन्जन पौडेल ज्यू , तेक्वान्दो संघ नवलपरासी जिल्ला कार्य समिति सदस्य श्री सपना चौधरी ज्यू ,खेल्कुद पत्रकार श्री प्रमोद अर्याल ज्यू ,प्रतापपुर न्युज मिडिया का श्री कृष्ण गिरि ज्यू , श्री ध्रुव गिरि ज्यू , अन्तरराष्ट्रिय प्रशिक्षक विजय गुरु सहायक प्रशिक्षिक अमर गुरु अभिभावक ज्यू , खेलाडीहरु, ज्यू तथा सम्पूर्ण अथितीहरुका उपस्थितिमा खेल सम्पन्न भयो । नवलपरासीमा निरन्तर खेलाडीहरूलाई सफल बनाउन आफूले सक्दो सहयोग गर्ने संस्थाका सचिव श्री विजय कुमार बताए।

कमेन्टहरु