मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

हलियाका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

उमेश रोकाया
२०८२ जेष्ठ १८ | मध्यान्ह ०४:०२ बजे

बाजुरा , जेष्ठ १८ । हलियाका विपन्न २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग वितरण कार्यक्रम गरिएको छ । एक्सन नेपाल सहयोग जिल्ला हलिया मुक्ति समाज जिल्ला समिति बाजुरा समन्वय र राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल आयोजकमा हिमाली गाउँपालिका भित्र रहेका हलियाका विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्ति सहयोग गरिएको छ ।

विधालय जानको लागी हलियाका बालबालिका किताब, कापी, कलम, जुता र ज्यामिती बक्स सहयोग गरेको छ । गरिबीका कारणले सानोतिनो सहयोग गर्दा विद्यार्थी निरन्तर विधालय उपस्थित हुन सक्छन् । दुर्गम ठाउँका हलिया मुक्त विद्यार्थी सानो समस्याले विधालय जान रोक्न नदिने हामीले शैक्षिक सामाग्री हिमाली गाउँपालिका २५ जना हलिया मुक्त विपन्न वर्ग विद्यार्थीहरुलाई सहयोग गरिएको हलिया मुक्त हिमाली गाउँपालिका फिल्ड कर्मचारी कलुवा लवारले बताएका छन ।

स्कुल जान नसक्ने र विद्यार्थीहरुलाई सहयोग पाएका छन । हामी सबैभन्दा हलिया मुक्त संजालमा जोडिएका छौँ । त्यसमा बाजुरा जिल्ला भन्दा पछाडि हिमाली गाउँपालिका परेको छ । अहिले अरुको काम गरिखाने अहिले घटिरहेको छ । हामी अहिलेसम्म आफ्नो आत्मसात गरिरहेका छैनौं । संघ संस्थाले कृषि क्षेत्रमा हेरेको छ । यसले उपलब्धि भएको छैन । हामी अर्को अध्यनमा जग्गा खाएर कतिसम्म जीवन निर्वाह गर्न सकिन्छ । हामी जस्ता छौँ त्यस्तो अवस्था रहन सक्छौं । हामी परिवर्तन हुनुपर्छ त्यसपछि हाम्रो समुदाय परिवर्तन गर्न सकिन्छ । हामीसंग चेतना कमि रहेकोे छ । हलिया अधिकार निम्ति सिङ्गो हिमाली गाउँपालिका लागेको छ । थप चाहिने सहयोग पालिकाको तर्फबाट लागिपर्ने हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताएका छन।

विगत लामो समय देखि हलियाका विद्यार्थी छात्रवृत्ति सहयोग गर्दै आएका छौँ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको भएको हो । हलिया प्रथा विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका तीन जिल्लामा रहेको थियो । यसरी १२ जिल्लामा रहेका हलियालाई मुक्तिको घोषणा गरिएको छ । हामी हलो लगाउन सिमित भयो, उनका छोराछोरी सुबिधा सम्पन्न ठाउँमा पढाउने गरे । त्यसलाई माथी लैजान हामीले बालबालिका कुन कारणले विधालय गएन त्यसलाई मुख्यनजर राख्दै विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । स्कुल नियमित गराउन सानोतिनो हलिया समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति सामाग्री सहयोग गरेको छ । हलिया समाज माथी उठाउन हाम्रो अभियान निरन्तर लागिरहेको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालविर सार्कीले बताएका छ्न ।

कार्यक्रममा जिल्ला हलिया मुक्ति समाज जिल्ला समिति बाजुराका अध्यक्ष लालविर सार्की, हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, पालिका हलिया मुक्ति समाज समितिका अध्यक्ष रुपचन्द्र सार्की, बडिमालिका माध्यमिक विधालयका अभिभावक संघ अध्यक्ष नन्दसिंह रोकाया लगायत अभिभावक विद्यार्थीहरुको सहभागिता शैक्षिक सामाग्री वितरण गरिएको छ ।

कमेन्टहरु