राजनीति

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ

नवलपुर टुडे
२०८२ जेष्ठ १८ | मध्यान्ह ०३:०२ बजे

काठमाडौँ । राजसंस्था पक्षधरको चौथो दिनको आन्दोलनबाट सुरक्षाकर्मीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ।

राजसंस्था पक्षधरको आन्दोलन आइतबार चौथो दिन नारायणचौरमा चलिरहेको थियो। उनलाई नेपाल प्रहरीले जबर्जस्ती भ्यानमा कोचेको थियो।

कमल थापासहित राजसंस्था पक्षधर नेताहरूले आइतबार प्रदर्शनको नेतृत्व गरेका थिए। कमल थापा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री हुन्।

कमेन्टहरु