समाचार

एकै घरका दुई भाई अधिवक्ता

नवलपुर टुडे
२०८२ जेष्ठ १७ | मध्यान्ह ०८:०२ बजे

काठमाडौ । नेपाल कानून व्यवसायी परिषदले लिएको कानून व्यवसायीको ३२औ तहको परीक्षामा उत्तीर्ण भई गुल्मीको तमघासका एकै परिवारका दुई भाई अधिवक्ता हुन सफल भएका छन ।

रेसुगां नगरपालिका वार्ड नं ७ साखिनेका दिनानाथ पाण्डेका छोराहरु भोजराज पाण्डे र हुमलाल पाण्डेले अधिवक्तामा नाम निकाल्न सफल भएका हुन।

photo 2025 05 31 20 54 08

गत भदौ १६ गते ३० वर्षे सेवा अवधीको कारण नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक पदवाट मुस्ताडंको प्रहरी प्रमुख हुदा सेवा निवृत भएका भोजराज पाण्डे काइला छोरा हुन भने हुमलाल पाण्डे कान्छा छोरा हुन ।

अधिवक्ता भोजराज पाण्डेले काठमाण्डौ र हुमलाल पाण्डेले वुटवलबाट वकालत पेशा सुरु गर्ने तरखरमा रहेको वुझिएको छ !

कमेन्टहरु