धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, समाज
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीद्वारा ७ दिने मादल बजाउने तालिम शुभारम्भ


मनु गुरुङ
बुटवल । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समिति रुपन्देहीद्वारा आयोजित ७ दिने मादल बजाउने तालिम शुक्रबारका बेसक्याम्प गुम्बामा शुभारम्भ भएको छ ।
क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ राखिएको यस तालिममा प्रमुख अतिथी ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्लाका अध्यक्ष राम बहादुर गुरुङ्गले पानसमा बत्ती बालेर मादल बजाइ तालिम उद्वघाटन गरेका थिए।
प्रमुख अतिथि गुरुङ्गले सस्कार सस्कृति झल्केको यो मादल हाम्रो पुर्खाहरूले बजाउने गरेका यस्ता बिभिन्न कलाहरु बचाइ राख्नुपर्ने कुनै पनि चाडपर्व र कार्यक्रममा मादलको निकै महत्व रहेको र निकै खुशी लागेको बताए ।
कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समिति का अध्यक्ष बुद्धि प्रसाद गुरुङ मादल सिक्न जति सादा सिम्पल देखिन्छ उतिकै यसको ताल लयहरु सिक्न र बुझ्न गार्हो रहेको बताए । मादल सिक्न इच्छुा र उत्सुकताका साथ आउनुहुने सबैमा शुभकामना दिदैं आगामी दिनहरुमा पनि सहयोग गर्ने बताए ।
बिशिष्ट अतिथि जिल्ला कोषाध्यक्ष जुनुमाया गुरुङले समयको सदुपयोग गर्दै तालिममा सिकेको कुरालाई व्यवहारमा ल्याउनुपर्ने बताए । स्वागत मन्तब्य नगर समितिका कोषाध्यक्ष बसन्ती गुरुङले गरेको थिए ।शुभकामना मन्तव्य इट्टाभटी इकाइ समितिका अध्यक्ष दल बहादुर गुरुङ्गले गरेका थिए।
सात दिने तालिममा नृत्य निर्देशक सघं प्रदेशका अध्यक्ष प्रशिक्षक लोकेन्द्र शाहले प्रशिक्षण दिनेछन । ७ दिनसम्म चल्ने कार्यक्रममा बुटवल उपमहानगर समितिका सचिव सुन्दर गुरुङले सहजीकरण गर्ने छन ।
सो कार्यक्रममा जिल्ला सचिव बबिता गुरुङ, ज्योति नगर अध्यक्ष निर्मला गुरुङ, दिपनगर इकाइ आमा अध्यक्ष हेमा गुरुङ, भलबारी आमा समुहका अध्यक्ष निरु गुरुङ आदीको सहभागिता रहेको थियो।
कार्यक्रम बिष्णु गुरुङको सयोंजकत्वमा उपाध्यक्ष उमा गुरुङले संचालन गरेका थिए ।























