मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

खडाडिल, मैतार्ना हुँदै बौडी सम्म सडकको शिलान्यास

उमेश रोकाया
२०८२ जेष्ठ १७ | मध्यान्ह ०८:०२ बजे

बाजुरा , जेष्ठ १७ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका खडाडिल, मैतार्ना हुँदै बौडी सम्म ग्रामीण सडकको शिलान्यास गरिएको छ । २ करोड ५५ लाख रुपैयाँँ बराबरको ठेक्का खोलिएको छ । यहीँ आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेश सरकारबाट ६५ लाख र हिमाली गाउँपालिकाबाट ३० लाख सहित गरेर ९५ लाख मात्र सुनिश्चित बजेट व्यवस्थापन गरेर ठेक्का निर्माणकार्य सुरु गर्न हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले सडक शिलान्यास गर्नुभएको छ । दुर्गम गाउँमा जनताका पिडाको कारण हाम्रो हिमाली गाउँपालिका जोखिम मोलेर आउदो वर्ष दायित्व गर्न गरी २ करोड ५५ लाखको ठेक्का सडक निर्माण गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

ग्रामीण सडकमा झन्डै १ करोड ६० लाख आउदो वर्ष बजेट व्यवस्थापन गर्ने गरी सडक निर्माण सुरु गरिएको छ। थप १ करोड ६० लाख खलड़िल, पम्पानी, मैतार्ना, दिग्न्याचौर हुँदै बौड़ी गाउँ सम्म शिर्षकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समाबेश गराउनु संघ र प्रदेश सरकारलाई अनुरोध गरिएको छ । यति बजेट सम्म भयो भने युना बगर सम्म पुग्ने अनुमान भएको छ । ग्रामीण सडक संगै मैर्तार्नामा पुल अनिवार्य निर्माण गर्नुपर्ने देखिन्छ ।साविकको बिच्छ्या सबै ठाउँमा सडक पहुँचमा ल्याउन सिङ्गो गाउँपालिका लागिएको अधिकृत भण्डारीले बताउनुभयो ।

खडाडिल, पम्पानी, मैतार्ना, डिङ्न्याचौर हुँदै बौडी गाउँ सम्म ग्रामीण सडकको निर्माणकार्य सुरु गरिएको छ । कुल लागत खडाडिल पम्पानी मैतार्ना हुँदै बौडी गाउँ सम्मका लागि २ करोड ५४ लाख ७३ हजार ९ सय ६६ रुपैयाँ ९९ पैसाको अहिले ठेक्का खोलेर सञ्चालन आएको छ । गाउँपालिका बजेट नभ्याउने अवस्था हुँदा प्रदेश र संघ सरकारलाई रकम माग गरेको छ । जतिसक्दो छिटो बजेट माथिबाट आयो भने हिमाली गाउँपालिका १,२ र ३ वडाका गाउँमा सडक संजाल जोडिने गरेर लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

दुर्गम गाउँमा सडक पहुँचमा पुर्‍याउने आफूले प्रदेश र संघ सरकारलाई पटकपटक कागजपत्र पठाएर माग गरेको छ । माथिबाट बजेट गाउँपालिकालाई हस्तान्तरण गरेर पठायो भने पालिका सबै ठाउँमा सडक सजिलैसँग पहुँचमा पुगाउन सकिने अवस्था रहेकोे छ । आफ्नो कार्यकालमा पालिका सबै वडामा सडक विस्तार गर्न आफू लागिपरेको अध्यक्ष मल्लको भनाइ छ । सडक संजाल संगै टेलिफोन टावर विस्तार गर्न सधैं लागिपरेको छु । भौगोलिक विकटका कारणले बिच्छ्यामा सडक विस्तार गर्न समस्या भएको हो । अहिले गाउँपालिका र प्रदेश बजेट ९५ लाख बराबर काम हुने हिसाबले ठेक्का खोलिएको छ । जुन भौगोलिक विकटका हिसाबले त्यहाँका स्थानीयलाई रासन सहित खाद्यान्न वस्तु मान्छेले पिठ्युँमा बोकेर हिड्नु पर्ने बाध्यता अन्त्य हुने भएको छ । अब केही महिना भित्र भौगोलिक हिसाबले ठगेको विकट बिच्छ्या बस्तीमा सडक संजालको पहुँचमा ल्याउन चुनावमा जिते देखि लागि पर्दा अहिले सफल भएको अध्यक्ष मल्लले बताउनुभयो ।

कमेन्टहरु