देश

लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम

नवलपुर टुडे
२०७८ साउन ९ | मध्यान्ह ०९:०४ बजे

नवलपरासी । आज पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -२ पटखाैलिमा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्ट्राेम फाउन्डेसनकाे आर्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय तथा एविसि नेपालकाे आयाेजनामा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

IMG 20210724 212452 809

कार्यक्रममा प्रशिक्षण गर्दै एविसि नेपालका सुपरभाइजर राजमन बरईले समुदायमा दिन प्रतिदिन बढ्दै गरेको लागू पदार्थ सेवान गर्नेकाे संख्या ,लागू पदार्थ ओसार पाेसार लगाएत महिलालाई विभिन्न काम बाट बन्चित राख्ने जस्ता लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक जस्ता समस्याकाे विषयमा प्रष्ट पार्दै समस्या समाधानका लागि गर्नु पर्ने कार्य र उपायहरुलाई बताउदै प्रशिक्षण दिनुभएको थियो । साे अवसरमा एविसि नेपालका भाेलेन्टियर दुर्गा विक , लगाएत स्थानीय बासिहरुकाे सहभागीता रहेको थियो ।

कमेन्टहरु