एमाले नेता पण्डितलाई पत्नीशोक

नवलपुर टुडे
२०८२ जेष्ठ १५ | बिहान १०:०२ बजे

काठमाडौं । नेकपा (एमाले) का नेता लालबाबु पण्डित पत्नीशोकमा परेका छन् । पूर्वमन्त्री पण्डितकी पत्नी विमला महतको गएराति उपचारका क्रममा निधन भएको हो ।
पण्डित स्वयंले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । विमला केही वर्षयता घातक रोगबाट ग्रसित थिइन् । विसं २०२२ साल असोज २ गते ललितपुरमा जन्मिएकी विमलाको ६० वर्षमा निधन भएको हो ।


















