प्रतिबन्धित लागुऔषध सहित भारतीय नागरिक पक्राउ


रंजित चौरसिया
पर्सा । प्रतिबन्धित लागुऔषध सहित एक जना भारतीय नागरिकलाइ सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा शन्का लागि खानतलासी गर्दा भारतीय नागरिकले बोकेको प्रतिबन्धित लागु औषध बरामद भएको हो ।
आज साझ करीब ४ बजेको समयमा बोर्डर आउट पोस्ट बरैनियाबाट खटिएको सशस्त्र प्रहरीको टोलिले प्रतिबन्धित लागु औषध सहित एक जना भारतीय नागरिक र मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको छ । बारा जिल्लाको बिश्रामपुर गाउपालिका वडा नम्बर १ कल्याणपूर सीमा इलाकाबाट नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी दिनुभयो । उहाले सशस्त्र प्रहरी वरिष्ठ हवलदार अजय पाश्वानको कमान्डमा खटिएको ४ जनाको टोलिले भारतीय मोटर साइकल, लागू औषध सहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको बताउनु भयो ।
पक्राउ पर्नेमा जिल्ला मोतिहारी पुर्वी चम्पारण, आदापुर भवानीपुर ग्राम पंचायत १० बस्ने बर्ष १८ का सन्तोष कुमार रजक रहेको सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी दिनुभयो । बि.आर ०५ वाइ.२७५२ नम्बरको मोटरसाइकलमा डाइजोपाम ८९० पिस, नर्फिन ९०१, फेनारगन ९२५ पिस गरि जम्मा २७१६ पिस रहेको उहाले बताउनु भयो ।
सशस्त्र प्रहरीले पक्राउ गरेको प्रतिबन्धित लागु औषध, भारतीय नागरिक सहित भारतीय प्लेट लागेको मोटरसाइकललाइ अकाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा कलैयालाइ बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताउनु भयो ।























