मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिकको मुक्तिकोटमा कृषि प्रवर्द्धन केन्द्र भवनको शिलान्यास


बाजुरा , जेष्ठ १४ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका – १ मुक्तिकोट स्थित निर्माण गरिने कृषि प्रवर्द्धन केन्द्र भवनको शिलान्यास गरिएको छ । भारतीय राजुतावास काठमाडौ काउन्सिलर अविनाश कुमार सिंह र स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाको संयुक्त रूपमा शिलान्यास गरिएको छ ।
मुक्तिकोट जस्तो कुपोषित र भोगमरी हुने दुर्गम ठाउँ ३ सय ५० घरधुरी दलित, वडा नम्बर २ का ९ सय घरधुरी, १३ सय घरधुरी साप्पाटा, स्वामीकार्तिकका १६ सय घरधुरी, २ सय घरधुरी पलाता सहित गरेर ३६ सय घरधुरी लाभान्वित हुने भएका छन । विशेषगरी खाद्यान्न र नुन सजिलैसँग प्राप्त गर्नका लागि भवन निर्माणकार्य अगाडि बढाएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाताले बताउनुभयो ।
भारत राजदूतावास अनुसार गि्न फुट भनेर हालेको हो । स्थानीय रैथाने बाली संकलन गरेर आयात गर्ने बाहिर खाद्यान्न चामल र नुन ल्याएर भण्डार गरि बिक्रीवितरण गर्नका लागि भवन निर्माण गर्न लागिएको हो । स्थानीय रैथाने बस्तु भएको मान्छेले बेच्ने र नभएकोले किन्न सक्ने खालको संकलन गर्ने भवन लगाउन थालनी गरिएको छ ।
सोही भवन सम्झौता भएको १५ महिना भित्र निर्माण काम सम्पन्न गर्ने गरि सम्झौता गरिएको छ । भवन निर्माणको २० प्रतिशत स्वामीकार्तिक खापर गाउँपालिकाको र ८० प्रतिशत भारत राजदूतावास लगानीमा कृषि प्रवर्द्धन केन्द्र भवन निर्माण गर्न सुरु गरिएको छ । कुल ५ करोड ४२ लाख रुपैयाँ रकमको भवन निर्माण हुन लागिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।























