दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुराको ढम्कनेमा मालबाहक ट्रक दुर्घटना हुँदा चालक घाइते

उमेश रोकाया
२०८२ जेष्ठ १४ | मध्यान्ह ०६:०२ बजे

बाजुरा , जेष्ठ १४ । जिल्लाको बडीमालिका नगरपालिका – ७ ढम्कनेमा मालबाहक ट्रक दुर्घटना भएको छ । मार्तडी काेल्टी सडक अन्तर्गत दिउसाे ४ बजेतिर ट्रक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ४ बजेतिर दुर्घटना भएको जाननकारी पछि प्रहरीको टोली घटना स्थतलतर्फ गईरहेको जनाएको छ । प्रहरीका अनुसार मार्तडी कोल्टी सडक अन्तरगत बडीमालिका नगरपालिका – ७ ढम्कनेमा लोड गाडी अनियन्त्रीत भई माथिल्लो सडकबाड मोडेर तल्लो सडकमा परेको हुनसक्ने जनाएकाे छ  ।

बा००६००१ क ०१३६ नम्मरको ट्रक दुर्घटना भएको स्थानियको खवर पश्चात प्रहरीको टोली घटना स्थतल तर्फ गईसको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीबाट करिव १६ किलोमिटर टाढा रहेकोले प्रहरीको टोली पुग्न केही समय लाग्ने जनाएको छ ।

सदरमुकाम मार्तडीबाट गएको उक्त ट्रक दुर्घटनामा चालक गम्भिर घाईते भएको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । वडा अध्यक्ष पाध्यायका अनुसार  घाईतेको उपचारका लागि उद्धार कार्य भईरहेको बताएका छन । घाइते चालक चितवन निवासी शुसान्त चाैलागाइ रहेकाे  वडा अध्यक्ष पाध्यायले बताएका छन ।

कमेन्टहरु