मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

नेपाली काँग्रेस खप्तड छेडेदहमा दोस्रो गाँउ सम्मेलन सम्पन्न

उमेश रोकाया
२०८२ जेष्ठ १४ | मध्यान्ह ०४:०२ बजे

बाजुरा , जेष्ठ १४ । नेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिको दोस्रो गाँउ सम्मेलन सम्पन्न भएको छ । मंगलबार नेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समितिको आयोजनामा गाउँपालिकाको वडा नं ७ डोगडीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काँग्रेस खप्तड छेडेदह गाउँपालिकाका सम्पूर्ण सदस्यहरुको क्रियशिल सदस्यता नविकरण, पार्टी संगठन सुदृढीकरण र लेविका सम्बन्धमा बिशेष छलफल गर्दै उक्त सम्मेलन सम्पन्न भएको नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य कुम्भनाथ योगीले जानकारी दिनुभएको छ ।

सम्मेलनमा आगामी दिनमा गाँउघरमा सुशासन कायम गर्नका लागि गर्नुपर्ने भुमिका र आगामी आर्थिक वर्षमा नगरिकको आवश्यकताका आधारमा निति तथा कार्यक्रम र बजेट विनियोजनमा स्थानिय सरकारलाई आवश्यक सहयोग तथा समन्वय गर्ने भन्ने विषयमा पनि छलफल भएको आयोजकले बताएको छ ।

नेपाली काँग्रेस खप्तड छेडेदह गाउँकार्य समिति सभापती हर्क रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महासमिति सदस्य मान बहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो भने बिशिष्ट अथितिमा नेपाली काँग्रेस बाजुराका पुर्व पार्टी सभापती कविराज पण्डित, पार्टी उपसभापती पदम बडुवााल, प्रदेश ख सभापती रंग खाती, जिल्ला कार्य समिति सदस्य कुम्भनाथ योगी, विशुदेवि नाथ रहनुभएको थियो ।

त्यस्तै अतिथि नेपाली काँग्रेस त्रिवेणी नगरसभापती सुरेन्द्र गिरी, दलित संघ जिल्ला अधयक्ष भिम नेपाली, नेविसंघ जिल्ला अध्यक्ष जनक थापा रहनुभएको थियो । खप्तड छेडेदह गाउँकार्य समितिका पदाधिकारी र खप्तड छेडेदह गाउँपालिकाका नेपाली काँग्रेसमा आसथावान् सम्पुर्णको कार्यक्रममा सहभागिता रहेको थियो ।

कमेन्टहरु