देश

कपिलवस्तु काे मायादेवीमा हिन्दुवादीले जलाए बाबुराम भट्टराईकाे पुत्ला

जगत ठाडा मगर
२०७८ साउन ९ | मध्यान्ह ०७:०४ बजे

धनी राम काेरी
कपिलवस्तु । जिल्ला काे मायादेवी गाउपालिका काे पकडीमा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई काे हिन्दु युवा शक्ति मायादेवीले पुत्ला जलाएको छ ।

hindu dharm 11

हिन्दु युवा शक्ति मायादेवीले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै हिन्दु युवा शक्ति मायादेवीले ले पकडी मा नारावाजी गर्दै प्रदर्शन र पुत्ला समेत जलाएकाे छ ।

८१ प्रतिशत सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष हिन्दु युवा शक्ति मायादेवी ले माग गरेको छ ।

कमेन्टहरु