बुटवलमा ७ जना जुवाडे पक्राउ

नवलपुर टुडे
२०८२ जेष्ठ १३ | मध्यान्ह ०५:०२ बजे

बुटवल । रुपन्देहीको बुटवलमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११, श्रमिक पथका ५० वर्षीय राजन थापासहितका व्यक्तिहरू छन् ।
उक्त स्थानस्थित थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (जेठ १२) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद ४३ हजार ७६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


















