दुर्घटना

नवलपुरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपुर टुडे
२०८२ जेष्ठ १३ | बिहान ०९:०२ बजे

नवलपुर। नवलपुरको मध्यविन्दु नगरपालिका- ७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ ।

दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका ५ घर भई मध्यविन्दु ७ चोरमारामा बस्ने २८ वर्षका वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । दुर्घटनामा सख्त घाइते अवस्थामा तीनै जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

गम्भीर घाइते एक जनालाई थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन लगिएको छ । टायल मार्बलसम्बन्धी मिस्त्री काम गर्ने तीनै जना कामका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरी जनाएको छ ।

कमेन्टहरु