लुम्बिनी प्रदेश

जनचेतना आ.बि. मा २ कोठे भवनको शिलान्यास 

धर्मेन्द्र कुमार कुर्मी
२०८२ जेष्ठ १३ | बिहान ०५:०२ बजे

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादव र बिजयनगर ३ का वडा अध्यक्ष बिके चौधरीद्वारा संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गर्नुभयो । विजयनगर गाउँपालिका–३, जनचेतना आधारभुत विद्यालयमा २ कोठे भवनको शिलान्यास गरेका हुन ।

पूर्वमन्त्री यादवले आफ्नो संसदिय विकास कोषको लगानीमा २५ लाखको २ कोठे भवनको शिलान्यास गर्नु भएको हो । वडा अध्यक्ष चौधरीले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले भविष्यमा शिक्षा क्षेत्रको थप विकास हुने उल्लेख गरे। उनले आगामी दिनमा विद्यालय सुधारका अन्य योजनाहरू पनि ल्याउने प्रतिबद्धता जनाए।

वडा अध्यक्ष चौधरीले बजेट पारी बिद्यालयलाई पुर्याउनु भएको सहयोगको कदर गर्दै पुर्वमन्त्री यादवलाई धन्यवाद व्यक्त भएको थियो ।

कमेन्टहरु