दुर्घटना

ट्याक्टरले माेटरसाइकललाई ठक्कर दिदा दुई जनाकाे मृत्यु

देवराजा यादव
२०८२ जेष्ठ १२ | मध्यान्ह ०८:०२ बजे

सुनसरी । सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिका ३ फुलचाेकमा सवार दुर्घटनामा दुई जनाकाे मृत्यु भएकाे छ । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा इनरूवा नगरपालिका १० जल्पापुरका २० वर्षीय सर्फराज अन्सारी र हरिनगर गाउँपालिकम १ का महजित अन्सारी रहेकाे छ । ट्याक्टरले माेटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटनामा दुई जनाको घटना स्थलमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएकाे छ । साेही घटनामा इनरुवा १० जल्पापुरका साहेब अन्सारी घाइते भएका छन ।

दुर्घटनामा घाइते इनरुवा नगरपालिका-१० बस्ने २१ वर्षको सोहेब अन्सारीको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।प्रदेश १-०२-००३ त ९०२ नम्बरको ट्याक्टर र प्रदेश १-०२-०५५ प ६२९६ नम्बरको मोटरसाइकल बीच ठक्कर भएको थियोे ।

एकै मोटरसाइकलमा ३ जना सवार रहेको थियो । भोक्राहा नरसिंह गाउँपालिका-३ बस्ने ४६ वर्षको सुब्दी राम चमारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

कमेन्टहरु