चौतर्फी विरोधपछि दबाब खेप्न नसकेपछि गृहमन्त्री लेखकले राजीनामा दिने सम्भावना


काठमाडौँ । भिसिट भिसा असुली प्रकरणमा चौतर्फी विरोधपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिने सम्भावना बढेको छ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा छापा मारी भिजिट भिसाको लाखौँको चलखेलमा गृह मन्त्रालयका अधिकारीहरू र गृहमन्त्रीको सचिवालयका सदस्यहरूसमेत संलग्न रहेको पाएपछि प्रतिपक्षमात्र होइन, कांग्रेसभित्र पनि गृहमन्त्री लेखकको राजीनामाको माग चर्को रूपमा उठेको छ।
कांग्रेस नेता शेखर कोइराला र सुनील शर्माले समेत गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन्। गृहमन्त्री लेखकले भने सार्वजनिक रूपमा जेठ १३ गते संसद्मा जवाफ दिन आफूले समय लिएको उल्लेख गर्दै आफू यस प्रकरणमा निर्दोष रहेको जिकिर गरेका थिए।
यद्यपि दुवै नेताहरूले अहिले दबाब थेग्नसक्ने अवस्थामा नरहेको जवाफ उनलाई दिएको एक उच्च स्रोतले देशसञ्चारसँग जानकारी दियो।कांग्रेस सभापति देउवाले सोमबार बिहान पार्टी पदाधिकारी बैठक बोलाएका छन्। सोही बैठकमा गृहमन्त्री लेखकले आफ्नो राजीनामा पेश गर्ने स्रोतले दाबी गरेको छ।























