राजनीति

सभापति देउवासहित कांग्रेस नेताहरूको टोली बालुवाटारमा

नवलपुर टुडे
२०८२ जेष्ठ ११ | मध्यान्ह ०८:०२ बजे

काठमाडौं । गभर्नर नियुक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा भेटघाट गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कृषिमन्त्री रामनाथ अधिकारीलाई साथ लिएर देउवा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

त्यस्तै एमालेका तर्फबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा जोडिएका रमेश लेखकलाई पार्टीभित्र र बाहिरबाट राजीनाका लागि दबाब बढिरहेका बेला देउवा उनैलाई लिएर ओली भेट्न पुगेका हुन् । छलफल विभिन्न विषयमा भए पनि मुख्यगरी यही जेठ १५ गते प्रस्तुत हुने बजेट, गणतन्त्र दिवसलगायतमा केन्द्रित भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

कमेन्टहरु