झापामा श्रोत नखुलेको ४० लाख रुपैयाँसहित १ जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन ९ | मध्यान्ह ०६:०४ बजे

झापा । झापामा श्रोत नखुलेको ४० लाख बढी रकमसहित एकजना पक्राउ गरेको छ ।
जिल्लाको झापा गाउँपालिका–२ बेलाईतीबारीबाट श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ सहित सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।






















