रामएकवाल राम

दोहा :- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो कतार आउने भएका छन।

अमेरिकाबाट नेपाल फ्रकिने क्रममा कतारमा बसोबास गर्ने नेपाली ( मधेशी) श्रमिकहरुसङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गर्ने मधेसी एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले जानकारी दिए।

मधेशी एकता समाज कतारको आयोजनामा अगामी जुन ६ तारिख मुनताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजे देखी कार्यक्रम हुने समाजका अध्यक्ष शिवकुमार महतोले जानकारी दिए।