अपराध

नवलपरासीमा अबैध रुपमा गोरु ओसारपसार गर्ने २ जना पक्राउ

नवलपुर टुडे
२०८२ जेष्ठ ८ | मध्यान्ह ०९:०२ बजे

परासी । नवलपरासीबाट अबैध रुपमा गोरु ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- १३ बस्ने बर्ष २३ को मनोज बिश्वकर्मा र सोही स्थान बस्ने बर्ष २४ को अजय लुङ्वा रहेका छन । उनीहरुलाई सुनवल नगरपालिका- ११ स्थित बाबागोरिया सामुदायिक बनमा अबैध रुपमा गोरु ओसारपसार भैइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय परासीबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेका हुन ।

प्रहरीले बा.प्र. ०३००१ ख ३४७५ नम्बरको ट्रक रोकी चेकजाँच गर्नेक्रममा ट्रकमा १३ वटा जिउँदो गोरु सिङ र नाक मुखसमेतको अंगमा डोरीले बाँधेर पशुपंक्षी प्रति निर्दयी व्यबहार गरी लैजादै गरेको अवस्थामा ट्रकसहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम डीएसपी वीर दत्त पन्तले जानकारी दिएको छ ।

पक्राउ पर्ने मनोज बिश्वकर्मा ट्रक चालक र अजय लुङ्वा सहचालक हुन । ऊनीहरुलाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको पन्तले बताए ।

कमेन्टहरु