वाइडबडी जहाजमार्फत् मलेसियाको क्वालालम्पुर बाट ल्याइयो २४ शव, ३ अस्तु

जगत ठाडा मगर
२०७८ साउन ९ | मध्यान्ह ०१:०४ बजे

काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट आज बिहान २४ वटा शव र ३ वटा अस्तु नेपाल ल्याएको छ।
निगमको वाइडबडी ए३३० जहाजले शनिबार मलेसियाको राजधानी क्वालालम्पुरबाट नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत् नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ।
सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको देश मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।























