दिगो पर्यटन सहकारी ठगीमा समातिए एमाले नेता अर्याल

नवलपुर टुडे
२०८२ जेष्ठ ८ | मध्यान्ह ०३:०२ बजे

काठमाडौँ । काठमाडौंको दिगो पर्यटन सहकारी संस्थामा ठगी गरेको मुद्दामा प्रहरीले एमाले नेता कृष्णकुमार अर्याललाई पक्राउ गरेको छ। उनी एमालेको गैरभौगोलिक अन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको सदस्य रहेको प्रहरीले जानकारी दिएको छ।
उद्योग व्यवसाय विशेष जिल्लाबाट उनले उक्त कमिटीमा प्रतिनिधित्व गरेका हुन्। प्रहरीले काठमाडौँ जिल्ला अदालतको आदेश कार्यान्वयन गर्न अर्याललाई पक्राउ गरेको जानकारी दिएको छ। उनको घर ललितपुर महानगरपालिका–३ सानेपामा छ।
काठमाडौं जिल्ला अदालतले उनलाई २०८२ जेठ ५ गते एक वर्ष कैद र ११ लाख ५० हजार बिगो भराउन आदेश दिएको थियो।
अर्याललाई अदालत बुझाउने तयारी भएरहेको प्रहरीले जानकारी दिएको छ।























