देश

सम्बेदनशिल हुनुस गठबन्धन भत्काउने प्रयास भैरहेकै छ : प्रचण्ड

जगत ठाडा मगर
२०७८ साउन ९ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका छन् ।

संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्‍यौं । अहिले पनि भत्काउने प्रयास भैरहेको छ ।

एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’ संसद विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी छ ।

संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए । ‘ठूलै लडाइँ जितियो । संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन् । बुद्धिमत्तताका साथ सामना गर्नुपर्छ । सजिलो छैन,’ उनले भने । गठबन्धनका नेताहरुकाई पनि उनले सजक रहन भनेका छ्न ।

कमेन्टहरु