कावासोतीमा ग्रिनेट बम फेला

जगत ठाडा मगर
२०७८ साउन ९ | मध्यान्ह १२:०४ बजे

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १४ मा बेवारीसे अवस्थामा ग्रिनेट बम फेला परेको छ । कावासोती १४ का कृषकहरुले खेतमा पानी लगाउनका लागी डन्जेर खोलामा बाधमा लगाउने सेउला काट्ने क्रममा झाँडी भित्र ग्रिनेट बम फेला पारेका थिए ।
ग्रिनेट बम फेला पारेपछि उनीहरुले प्रहरी चौकीमा खवर गरेका थिए । ग्रिनेट बम फेला परेको स्थानलाई अहिले प्रहरीले सुुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताए छन ।
गिरीका अनुसार ग्रिनेट कतिको शक्तिशाली रहेको छ, खुल्न सकेको छैन । नेपाली सेनाको डिस्पोजल टोली घटना स्थलमा आएको गिरीले बताए ।























