सौराहाबाट जोगीको भेषमा चोरी गर्ने दुई भारतीय पक्राउ

नवलपुर टुडे
२०८२ जेष्ठ ७ | मध्यान्ह ०८:०२ बजे

भरतपुर, जेठ ७ । चितवनमा जोगीको भेषमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत नंगल देवत, दक्षिण पश्चिमी दिल्ली घर भएका वर्ष १९ को नितिन नाथ र भारत नछफगढ साउथ वेस्ट दिल्ली घर भएका वर्ष २२ का मंजित रहेका छन् ।
भरतपुर महानगरपालिका- १० बालमन्दिर रोडस्थित पीडितले जोगीको भेषमा आई तन्त्र मन्त्र गरी लठ्ठ पारेर नगद र सुनको मुन्द्रा चोरी गरेको बताएपछि जिल्ला प्रहरी कार्यालय चितवनको टोली उनीहरुको खोजीमा खटिएको थियो । प्रहरीले उक्त हुलिया भएको मानिसहरुको खोजतलास गर्ने क्रममा रत्ननगर नगरपालिका–६ सौराहाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट चोरी भएको नगद र सुनको मुन्द्रा फेला पारेको छ ।























