धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमाली गाउँपालिकामा देउडा लोक सास्कृतिक कार्यक्रम उद्घाटन

उमेश रोकाया
२०८२ जेष्ठ ७ | मध्यान्ह ०५:०२ बजे

बाजुरा , जेष्ठ ७ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा देउडा लोक सास्कृतिक कार्यक्रम उद्घाटन गरिएको छ । नेपाल देउडा संस्कृती संरक्षण समितिको आयोजनामा नेपाल देउडा संस्कृती संरक्षण समितिको विधिवत रुपमा लोक सास्कृतिक कार्यक्रम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले पानसमा दियो जलाएर कार्यक्रम उद्घाटन गरेका छन ।

समुद्घाटन संगै उक्त कार्यक्रममा भुवाचाली, मागल र बोर्ता टोलबाट चम्पानाच, छैट खेल, मुज्यारा खेल र पञ्चेवाजा पाँडी गाउँको टोलबाट पुरानो महिला देउडा खेल, रोपाइ अवाली, हुडकें नाच, बालो मार्ने खेल, श्री पञ्चमी माग्ने र चम्पानाच कार्यक्रम प्रस्तुती गरिएको नेपाल देउडा संस्कृती संरक्षण समितिका अध्यक्ष दिपचन्द्र पाध्यायले बताएका छ्न ।

कार्यक्रममा सभा अध्यक्षतामा नेपाल देउडा संस्कृती संरक्षण समितिको अध्यक्ष दिपचन्द पाध्याय प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि उपाध्यक्ष राजकला सार्की, नेपाल एकीकृत समाजबादी केन्द्रिय सदस्य अज बहादुर मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी अतिथि हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डे, नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश विक, नेकपा एमाले जिल्ला कमिटी सदस्य अर्जुन रोकाया लगायत पत्रकार सहित सहभागिता कार्यक्रम सुरु गरिएको कार्यक्रम संचालक रमेश भण्डारीले बताए ।

स्थानीय साँस्कृतिक बेजोड प्रस्तुती रहेने भएको छ । पालिकाका सबै वडाका महिला र पुरुषको अलग अलग देउडा प्रतिस्पर्धा भोलि बेलुकासम्म कार्यक्रम संचालन हुने भएको छ । देउडा प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्नेहरुलाई उचित पुरस्कारको व्यवस्था गरिने भएको आयोजकले बताए ।

कमेन्टहरु