देश

नारायणीमा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन

नवलपुर टुडे
२०८२ जेष्ठ ७ | बिहान ०६:०२ बजे

चितवन । चितवनको नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता भएका एक युवकको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली परिचालन गरिएको छ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ बस्ने २७ वर्षीय सचिन कार्की जेठ ६ गते भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित नारायणी नदीमा बेपत्ता भएका हुन्।

सचिन बेपत्ता भएलगत्तै उनको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ।

सशस्त्र प्रहरीले बेपत्ता युवकको खोजी कार्य तीव्र रूपमा जारी रहेको जनाएको छ।

कमेन्टहरु