दुर्घटना

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

इन्द्रजित नेपाली
२०८२ जेष्ठ ५ | बिहान ११:०२ बजे

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–५ सिमाघाट लप्सीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा गुल्मीको इन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब–इन्जिनियरको रूपमा कार्यरत दाङ, गढवा गाउँपालिका- ३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गएराति १०:३० बजे तिर उनले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएर बाटो छेउको नालिमा खस्दा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनास्थल गुल्मी सदरमुकाम तम्घासदेखि पश्चिमतर्फ करिब १० किलोमिटरको दूरीमा पर्छ । प्रहरीले घटना बारे थप अनुसन्धान अघि बढाएको छ ।

कमेन्टहरु