घटना

नारायणी नदीमा गोहीले खाएको अवस्थामा महिलाको शव फेला

नवलपुर टुडे
२०८२ जेष्ठ ५ | बिहान ०८:०२ बजे
फाइल तस्बिर

चितवन । नारायणी नदीको किनारमा महिलाको शव फेला परेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २८ मा पर्ने नारायणी नदीमा टाउको र कम्मरभन्दा मुनिको भाग गोहीले खाएको अवस्थामा हिजो साँझ पानीमा फेला परेको हो।  

शव रहेको सूचना प्राप्त हुँदा साथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले शवलाई पानीबाट बाहिर निकालेर मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरेको चितवन प्रहरीले जानकारी दिएको छ। अहिलेसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

पोष्टमार्टमका लागि शवलाई मध्यबिन्दु अस्पताल पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।

कमेन्टहरु