गण्डकी प्रदेश

गण्डकीको बर्खे अधिवेशन आह्वान

नवलपुर टुडे
२०८२ जेष्ठ ४ | मध्यान्ह ०८:०२ बजे

पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले बर्खे अधिवेशन आह्वान गरेका हुन्।जेठ ११ गते दिउँसो २ः०० बजेदेखि सुरु हुने गरी प्रदेशसभा बैठक आह्वान गरेका छन्।

‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट प्रदेश सभाको अधिवेशन संवत् २०८२ साल जेष्ठ ११ गते आइतबार अपरान्ह १४ः०० बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बर्खे अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेर छलफल गर्ने, नीति तथा कार्यक्रममा प्रस्तुतसँगै छलफल गरेर पारित गर्ने गरिन्छ। यस्तै, प्रदेश सभामा बजेटमा प्रस्तुत गरेर छलफलसहित पारित गर्ने गरिन्छ।

कमेन्टहरु