दैलेखमा प्रचण्डले पाए किसानबाट कांक्रो उपहार

नवलपुर टुडे
२०८२ जेष्ठ ४ | मध्यान्ह ०१:०२ बजे

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक किसानले दैलेखमा काँक्रो उपहार दिएका छन्।
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएको प्रचण्डको सचिवालयले जानकारी दिएको हो।
सचिवालयका अनुसार खड्का खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका व्यक्ति हुन्। उनले देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी व्यक्त गरे।























