लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

नवलपुर टुडे
२०८२ जेष्ठ ४ | बिहान ०८:०२ बजे

दाङ । लुम्बिनी प्रदेश सभा छैठौं अधिवेसनको चौथो बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिवालले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा दुई वटा विषयहरु रहेका छन् ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार आजको बैठकमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा बोल्ने र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामायिक कर सम्बन्धी विधेयकलाई दफावार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने रहेको छ ।


















