मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
शैलेश्वरी माविमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम


बाजुरा , जेष्ठ ३ । हिमाली गाउँपालिका – ४ फैती गाउँमा रहेकोे शैलेश्वरी माध्यमिक विधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम गरिएको छ । शिक्षा क्षेत्रमा वृद्धि संगै पढाई उन्नति गर्नका लागि एक शुक्रबार दिनमा अभिभावक, जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरु बिच एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । शिक्षक अंगराज पाण्डेले विद्यालय र शिक्षक लागेर मात्र शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन नसकिने बताउनुभयो । गुणस्तरीय शिक्षा हासिल गर्नका लागि सरोकारवाला पक्षसँग राय, सल्लाह र सुझाव लिनका लागि छलफल गरिएको पाण्डेले बताउनुभयो।
शैक्षिकसत्र सुरु भएको वर्षमा बिधालय शैक्षिक सुधार पालिकाको पहिलो नमूना बनाउनका तरिकाले यो कार्यक्रम गरिएको छ । गत सालको शैक्षिक अवस्था भन्दा अहिले धेरै सुधार हुँदै गएको छ । एस.ई.ई. परिक्षा विशेषगरी चिट चोराउने प्रवृत्तिको अन्त्य गरिएको छ । पहिलो शैक्षिकसत्र लाई मध्यनजर गर्दै अब नयाँ ढंगले अगाडि बढाउने अभियान हाम्रो बिधालयमा शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक गोपाल पाण्डेले बताएका छन ।
बिधालय शैक्षिक सुधार गर्नका निम्ति हिमाली गाउँपालिकाले भवन, खेलकुद मैदान, स्वयंसेवक शिक्षक नियुक्ति गरेको छ। विद्यार्थीहरु लाई धुवाँ मुक्त बनाउन पालिकाले डेस्क बेन्च र कार्पेट व्यवस्था गरेको छ । बिधालय व्यापक रूपमा सुधार गर्नका लागि विद्यार्थी, शिक्षक र अभिभावकले आफ्नो जिम्मेवारी कर्तव्य भुमिका पालना गरियो भने शिक्षा क्षेत्रमा सुधार आउने भएको छ । स्कुलमा पठनपाठन अभिभावक बिधालय विद्यार्थी नियमित पठाउने काम र स्कुलमा शिक्षकले पढाउने काम जिम्मेवारी पुर्व समाल्न सकिने खालको वातावरण भयो भने बिधालय गुणस्तरीय पढाईमा केही प्रभावकारी हुने भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।
शिक्षालाई परिवर्तन गराउन सबै काम बिधालय प्रशासनले सकारात्मक रूपमा चलाउने हो सबै कुरा सम्भव रहेकोे छ । बिधालय विद्यार्थीहरुले स्कुल खुलेको १० बजे भित्र हातमा किताब कापी र ड्रेस अनिवार्य ल्याएन भने स्कुल गेटबाट फिर्ता समेत लगाइदिने अध्यक्ष मल्लले जनाए । आफू निर्वाचन भएदेखि बिधालय गुणस्तर गर्नु पर्छ अभियान लागेको हु । शिक्षा क्षेत्रमा अरु भन्दा बढी लगानी गरेपनि अहिले प्रतिफल खासै राम्रो आउन सकिरहेको छैन । बिधालय गुणस्तर पठनपाठनका लागि आफू सधै लागिपरेको अध्यक्ष मल्लले बताएका छन।
विधालयमा अन्तरक्रिया कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष बम बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम गरेको हो । प्रमुख अतिथिमा गंग बहादुर मल्ल, हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथिमा हिमाली गाउँपालिका -४ का वडा अध्यक्ष भिमानन्द पाण्डे लगायत अभिभावक, जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरुको सहभागिता शैक्षिक सुधारका लागि अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको प्रधानाध्यापक गोपाल पाण्डेले बताउनुभयो ।























