घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कोल्टीबाट धुलाचौर आउदै जिप दुर्घटना हुँदा ६ जना घाइते

उमेश रोकाया
२०८२ जेष्ठ २ | मध्यान्ह ०२:०२ बजे

बाजुरा , जेष्ठ २ । कोल्टीबाट धुलाचौर आउदै जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । म १ ज २३३ नम्बर जिप कोल्टीबाट धुलाचौर आउदै गर्दा खिउने खोला डाडामा दुर्घटना भएको छ ।
दुर्घटना हुनेमा चालक हिमाली गाउँपालिका २ कि २० वर्षीय सबिन बोहराको टाउको चोट, वडा नम्बर ५ कि १८ वर्षीय रगिता बुढाको टाउको र हातमा १८ वर्षीय जुनिता बुढाको टाउको र बायाँ हात चोट लागेको छ ।
सोही ठाउँका १९ वर्ष विवेक बुढाको बायाँ हात चोट लागेको र हिमाली गाउँपालिका – ६ कि २२वर्षीय अस्मिता शाहीको जिप दुर्घटना घाइते भएका धुलाचौर प्रहरी चौकीले जनाएको छ ।























