दुर्घटना

कपिलवस्तुमा कारको ठक्करबाट मर्निङवाक गर्न निस्किएका दुई जना महिलाको मृत्यु

नवलपुर टुडे
२०८२ जेष्ठ २ | बिहान ०९:०२ बजे

कपिलवस्तु, जेठ २ । कपिलवस्तुमा कारको ठक्करबाट दुई महिला ज्यान गएको छ । शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ बसन्तुपुर बस्ने ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार मर्निङवाक गर्न निस्किएका दुवै महिलालाई बिहानै सवा ६ बजे कारले ठक्कर दिएको थियो । कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु