बिश्व

कतारले अमेरिकाबाट २०० अर्ब डलरभन्दा बढी मूल्यका बोइङ विमान किन्ने

रामएकवाल राम
२०८२ जेष्ठ १ | बिहान ०६:०२ बजे

दोहा । कतार भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतारका अमिर शेख तमिम बिन हमद अल थानीले स्वागत तथा भेटघाट गरेका छन। भेटमा कतार र अमेरिका बीचको संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका हुन।

अमिरी दिवानमा कतारका अमिरले राष्ट्रपति ट्रम्प र उनका साथमा आएका प्रतिनिधिमण्डललाई स्वागत गर्दै उनीहरूको सुखद बसाइको कामना गरेका थिए। यस ऐतिहासिक भ्रमणप्रति ठूलो खुशी व्यक्त गर्दै अमिरले ट्रम्पलाई भने मलाई थाहा छ तपाईं शान्तिको दूत हुनुहुन्छ। उनले कतार र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताए।

ट्रम्प र उहाँ सङ्गै आउने प्रतिनिधिमण्डललाई अमिरले दिइएको न्यानो स्वागत र आतिथ्यको लागि हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दै कतार सहयोगी भएकोमा धन्यवाद दिए। उनले दुई नेताले विश्व, युक्रेन युद्ध र इरानको विषयमा छलफल गरेको बताए।

रास्ट्रपति ट्रम्पले व्यापार र बोइङ विमान सम्झौताको बारेमा पनि कुरा गरे। जसलाई उनले कम्पनीको इतिहासमा सबैभन्दा ठूलो जेट अर्डर भनेका छन्। ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानीको प्रशंसा गरे। उनले मित्रताको लागि धन्यवाद पनि दिए।

ट्रम्पले कतार एयरवेजले बोइङबाट २०० अर्ब डलरभन्दा बढी मूल्यका १६० वटा विमानको कीर्तिमानी अर्डर दिएको बताए।

दुई देशबीच एमक्यू–९बी ड्रोनको सम्झौता पनि भएको छ। यसबाहेक दुई देशबीचको सहकार्य सम्बन्धी संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर भएको छ।

कमेन्टहरु