मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

खप्तड छेडेदह गाउँपालिका अत्यावश्यक बाहेक सेवा प्रवाह प्रभावित हुने

उमेश रोकाया
२०८२ बैशाख ३१ | मध्यान्ह १२:०१ बजे

बाजुरा , बैशाख ३१ । खप्तड छेडेदह गाउँपालिका कार्यालयमा हुने अत्यावश्यक बाहेक सेवा प्रवाह प्रभावित हुने भएको छ । स्थानीय सेवाको गठन, संचालन र सेवाको शर्त सम्बन्धि कानुन प्रदेश सभामा विचाराधिन रहेको छ ।

सुदूरपश्चिम प्रदेश सभालाई यथासिघ्र ऐन जारि गर्न दबाब दिनका लागि स्थानीय तहमा कार्यरत कर्मचारी हरुले बैशाख २६ गतेदेखि सुरु गरेको आन्दोलनका कारण गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेका सेवाहरु ३० गतेबाट परिस्थिति सहज नभए सम्मका लागि प्रभावित हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर थापाले बताएका छन ।

कमेन्टहरु