मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

राज्यमन्त्री खड्का द्वारा सुरक्षित आप्रवासी स्रोत केन्द्र उद्घाटन

उमेश रोकाया
२०८२ बैशाख ३० | मध्यान्ह ०८:०१ बजे

बाजुरा , बैशाख ३० । सुदूरप्रश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरोस्वती खड्काले सुरक्षित आप्रवासी स्रोत केन्द्रको उद्घाटन गर्नुभएको छ । मंगबार राज्यमन्त्री खड्काले एक औपचारिक कार्यक्रमका बिच रिवन काटेर उक्त सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

आप्रवासी स्रोत केन्द्रको उद्घाटनका लागी बाजुरा पुग्नु भएका राज्यमन्त्री खड्काले वैदेशिक रोजगारीबाट समस्यामा परेका वा ठगिएका आप्रवासी श्रमिकहरुका उजुरी सुन्ने र यसको समधानमा सहयोग गर्ने र आवश्यक परे कानुनी सहायतामा जान सजिलो हुने उहाँले बताउनुभयो । उक्त सेवा केन्द्र जिल्ला प्रशासन कार्यालय बाजुरामा स्थापना गरिएको छ ।

वैदेशिक रोजगारमा जान चाहने नागरिकहरुलाई सही र अद्यावधिक जानकारी गराउने, वैदेशिक रोजगार प्रक्रिया, आवश्यक कागजात र जोखिमहरुको बारेमा परामर्श दिने उक्त सेवा केन्द्रको उदेष्य रहेको छ ।

त्यस्तै आप्रवासन अघि नागरिकहरुलाई सुरक्षित आप्रवासन सम्बन्धि तालिम दिने र व्यक्तिगत तथा सामुहिक परामर्श सेवा प्रदान गर्ने उक्त सेवा केन्द्रका कर्मचारी प्रकाश खड्काले बताउनुभयो । आप्रवासी स्रोत उद्घाटन कार्यक्रममा ९ वटै स्थानियतहका प्रमुख , उपप्रमुख , जिल्ला समन्वय समिती बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको सहभागिता रहेको थियो ।

कमेन्टहरु