मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

हिमालीका सामुदायिक विद्यालयमा पोषण सप्ताह जेष्ठ १ गतेबाट कार्यक्रम गरिने

उमेश रोकाया
२०८२ बैशाख ३० | मध्यान्ह ०७:०१ बजे

बाजुरा , बैशाख ३० । जिल्ला पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका अन्तर्गत सम्पुर्ण सामुदायिक विद्यालयहरुले जेष्ठ १ – ७ गतेसम्म राष्ट्रिय पोषण सप्ताह कार्यक्रम संचालन गरिने भएको छ । पहिलो दिन पोषण प्रदर्शनी , दोस्रो दिन जनचेतना अभिवृद्धि तथा अभिमुखिकरण , तेस्रो र चौथो दिन जुकाको औषधी खुवाउने , पाँचौ दिन सरसफाई , छैटौ दिन अतिरिक्त क्रियाकलाप र सातौ दिन विद्यालयमा स्वास्थ्य र सरसफाई स्थितिको समिक्षा कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखा निमित्त प्रमुख मदन थापाले बताउनुभयो ।

एकीकृत विकास समाज नेपाल शैक्षिक सत्र २०८२ को वार्षिक कार्यक्रम अर्न्तगत जेठ महिनाको पहिलो हप्ता पोषण सप्ताह मनाउने कार्यक्रम अनुसार विद्यालय व्यवस्थापन समिती, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सकृय सहभागीता र एकीकृत विकास समाज नेपालको सहजीकरणमा पोषण सप्ताह लागि पालिका अर्न्तगतका सबै सामुदायीक विद्यालयहरुलाई जानकारी समेत गराएको छ ।

प्रत्येक विद्यालयमा अध्ययनरत वालवालिकाहरुको प्रारम्भिक स्वास्थ्य जाँच गर्ने, विद्यालयमा विद्यार्थीहरुलाई जुकाको औषधी खुवाउने, पोषण प्रदर्शनी, विद्यालयमा पोषण सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने , स्वास्थ्य तथा पोषण सम्वन्धी विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्ने भएको छ । स्वास्थ्य तथा पोषण सम्बन्धी अतिरीक्त क्रियाकालापमा उत्कृष्ट हुने विद्यार्थीलाई पोत्साहित गर्ने एकीकृत विकास समाज नेपाल हिमाली गाउँपालिका प्राविधिक सहायक तेजबहादुर शाहीले जनाएको छ ।

प्रत्येक विद्यालयमा अध्ययनरत बालवालिकाहरुको प्रारम्भिक स्वास्थ्य जाँज गर्ने , विद्यालयमा विद्यार्थीहरुलाई जुकाको औषधी खुवाउने, विद्यालयमा पोषण सम्वन्धी विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने ,स्वास्थ्य तथा पोषण सम्बन्धी अतिरीक्त क्रियाकालापमा उत्कृष्ट हुने विद्यार्थीलाई पोत्साहित गर्ने भएको छ ।

कमेन्टहरु