देश

केपि ओलीले उटघाटन गरेको पानी जहाज कार्यालयमा ७ करोड सकियो, चलेन पानी जहाज

जगत ठाडा मगर
२०७८ साउन ८ | मध्यान्ह ०८:०४ बजे

काठमाडौं । नेपालमा पानी जहाज कुद्छ भन्दा त्यतिबेला कसैले पत्याएनन् । तर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानी जहाज कार्यालयको उद्घाटनै गरिदिए ।

photo 2021 07 23 20 16 33

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको पानी जहाज कार्यालको २०७५ फागुन २ गते उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा निवर्तमान प्रधानमन्त्री ओलीले केहीमहिनामै जहाजको टिकट काट्न सबैलाई तयार रहन भनेका थिए ।

सप्तरीको हनुमाननगरमा जहाज चलाइने र टिकट काट्न आउनका लागि उनले सबैलाई तयारी रहन भने पनि अहिलेसम्म सम्भाव्यता अध्ययनभन्दा केही सिन्को भाँच्ने काम भएको छैन । ११ जना कर्मचारी रहेको कार्यालयले तलव र अध्ययन शिर्षकमा झण्डै ७ करोड रुपैयाँ बालुवामा पानी खन्याएसरी सकेको छ ।

मुख्यतः ऐन नियम पूर्ण रुपमा तयार नभएकाले पानीजहाज कहिलेबाट सञ्चालन हुन्छ भनेर यकीन भन्न नसकिने सुचना अधिकारी राजन प्रधानले बताएका छन् । साथै, कार्यालयमा दक्ष जनशक्तिको अभाव र योग्य कर्मचारी नहुँदा योजना अगाडी बढ्नेमा द्विविधा देखिन्छ ।

कार्यालय सञ्चालन गर्दा नेपालका नारायणी, कालिगण्डकी, कर्णाली र कोसी नदिलगायत पानीको बहाब हुने नदीहरुमा पानी जहाज चलाउने भनिएको थियो । तर, हालसम्मको अवधिमा सम्भाव्यता अध्ययनमै मात्र ४ करोड रुपैयाँ सकिएको छ भने पूर्ण रुपमा पानी जहाजसम्बन्धी ऐन बनिसकेको पनि छैन । त्यसैले पानी जहाज कार्यालय खोलिनुको उद्धेश्य–कर्मचारी पाल्नु र होर्डिङ बोर्ड झुण्डाउन मात्र जस्तो देखिएको छ ।

कमेन्टहरु