पाकिस्तानले युद्धविराम भंग गरेको भारतको आरोप

नवलपुर टुडे
२०८२ बैशाख २८ | बिहान ०५:०१ बजे

भारत । भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। भारतका विदेश सचिव विक्रम मिसरीले एक विशेष प्रेस ब्रिफिङमा पाकिस्तानले संघर्षविराम सहमति भंग गरेको बताएका छन्।
भारतका सञ्चार माध्यमहरूका अनुसार युद्धविराम लागू भए पनि पाकिस्तानतर्फबाट जम्मु–कश्मीरका विभिन्न क्षेत्रमा गोलीबारी जारी रहेको छ। जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा विस्फोटको आवाज सुनिएको बताएका छन्।
यस विषयमा पाकिस्तानको औपचारिक प्रतिक्रिया आइसकेको छैन, तर चीनले पाकिस्तानको संयम र जिम्मेवार व्यवहारको प्रशंसा गरेको बताइएको छ।
पछिल्लो सम्झौताअनुसार, दुवै देशले स्थल, आकाश, र समुद्रमार्फत हुने सबै प्रकारका सैन्य कारबाही रोक्न सहमति जनाएका थिए।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्धविरामको मध्यस्थता गरेको बताइएको छ।























